२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई साथमा लिएर देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवाकी पत्नी आरजु राणा देउवाको पनि उपस्थिति रहेको थियो ।

कांग्रेस सभापति देउवासँगको भेटका लागि ओली स्वयं महाराजगञ्ज पुगेका हुन् । यसअघि पनि मंसिर १० गते अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए । पछिल्लो समय शीर्ष नेताहरूबीच भइरहेका यस्ता भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

देउवा–ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । त्यसअघि नै एमालेले पनि सो विषयमा रिट लिएर सर्वोच्च अदालत पुगेको थियो, जसले दुई दलबीचको राजनीतिक गतिविधिलाई थप चासोको विषय बनाएको छ ।

भदौ महिनामा भएको जेनजी आन्दोलनपछिको परिवेशमा देउवा र ओलीबीच यो दोस्रो भेट हो । विकसित राजनीतिक परिस्थिति, न्यायिक प्रक्रिया र आगामी राजनीतिक दिशाबारे छलफल भएको अनुमान गरिएको छ, यद्यपि भेटको औपचारिक विवरण सार्वजनिक गरिएको छैन ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय