२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो |

नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले खेलाडी र दर्शक दुवै तहमा देखिएको क्रिकेटप्रतिको गहिरो लगाव नै नेपाललाई विश्वकपमा छनोट गराउने प्रमुख आधार रहेको बताएका छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रशिक्षक पाठकले घरेलु दर्शकको अपार माया र समर्थनले खेलाडीहरूमा जितका लागि खेल्ने अतिरिक्त प्रेरणा मिलिरहेको उल्लेख गरे। यसअघि थाइल्यान्डको मुख्य प्रशिक्षकका रूपमा कार्यरत रहँदा नेपाली टोलीलाई विपक्षीका रूपमा नजिकबाट अवलोकन गरेको अनुभव सुनाउँदै उनले नेपाल विश्वकपमा छनोट हुनेमा आफू विश्वस्त रहेको बताए।

“नेपाली टोलीमा खेल्दै सिक्ने अद्भुत क्षमता छ,” प्रशिक्षक पाठकले भने। क्यानले आसन्न आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गर्दै पहिलो पटक विदेशी मुख्य प्रशिक्षकका रूपमा पाठकलाई नियुक्त गरेको हो।

उनका अनुसार नेपाली टोलीमा राम्रो प्रदर्शन गर्ने सम्भावना स्पष्ट देखिन्छ। “सही योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्न सके नेपाली महिला क्रिकेट टोलीले उत्साहजनक नतिजा दिन सक्छ,” उनले विश्वास व्यक्त गरे।

क्यानका क्रिकेट प्रबन्धक विनोद दासले पाठकलाई आगामी दुई वर्षका लागि महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिए। भारतीय मूलका पाठकले सन् २०१८ देखि सात वर्षसम्म थाइल्यान्डको प्रशिक्षकका रूपमा काम गर्दै एसिया छनोट र ग्लोबल छनोट दुवै पार गराई थाइल्यान्डलाई पहिलो पटक महिला टी–२० विश्वकपमा पुर्‍याएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय