वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेश निर्यात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको पाँच महिनामा यस नाकाबाट २१ अर्ब १८ करोड रुपैयाँ मूल्यका वस्तु निर्यात भएका थिए। चालु वर्षमा भने निर्यातमा उल्लेखनीय वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार पाँच महिनामा २० अर्ब ७६ करोड रुपैयाँ मूल्यको भटमासको प्रशोधित तेल निर्यात भएको छ। त्यसैगरी तीन अर्ब सात करोड रुपैयाँको फलफूलको जुस विदेश पठाइएको छ।
यस अवधिमा दुई अर्ब ८७ करोड रुपैयाँको सूर्यमुखीको तेल, एक अर्ब ९७ करोड रुपैयाँको प्रशोधित पाम तेल र एक अर्ब ५० करोड रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा पनि निर्यात भएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
