२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची समयसीमाभित्र निर्वाचन आयोगमा बुझाउन सकेको छैन। आज बिहानसम्म पनि कांग्रेसको सूची आयोगमा दर्ता भएको छैन।

हिजो राति नै बन्दसूची आयोगमा बुझाउने प्रयास भए पनि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुँदा आयोगले सूची स्वीकार गरेन। त्यसपछि नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेलसहितका नेताहरू हस्ताक्षर लिन देउवाको निवासतर्फ गएका थिए। तर उनीहरू अझै आयोग फर्किन सकेका छैनन्।

निर्वाचन आयोगले हिजो रातिसम्म आयोग पुगेका दलहरूलाई आजसम्मको समय दिएको जनाएको छ। सोही समयसीमाभित्र कांग्रेसले सूची बुझाउने प्रयास गरिरहेको छ।

कांग्रेसले अर्जुननरसिंह केसी र भीष्मराज आङदम्बेलगायत नेताहरूको नाम समानुपातिक उम्मेदवारका रूपमा तय गरेको छ। सभापति देउवा पक्ष र इतर पक्षबीच ६०/४० को भागबन्डाका आधारमा उम्मेदवार छानिएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय