२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ। पश्चिम नवलपरासीको दाउन्ने खुर्सानीखोला क्षेत्रमा सडक चिप्लो भएपछि सवारीसाधन चिप्लिने र अड्किने समस्या देखिएको हो।

केही दिनदेखि सो क्षेत्रमा लामो जाम लाग्दा यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार जाम विस्तारै हटाउने प्रयास भइरहे पनि बाक्लो हुस्सु र शीतलहरका कारण सवारी सञ्चालन निकै कठिन भएको छ।

जोशीका अनुसार दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब १५ सय सवारीसाधन जाममा परेका छन्। जामका कारण धेरै यात्रुले सडकमै रात बिताउन बाध्य भएका छन्।

नारायणगढ–बुटवल सडकखण्ड योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन स्थानमा शीतलहरका कारण सडक हिलाम्य हुँदा दाउन्नेको उकालोमा सवारी उक्लन नसकेको जानकारी दिए। हाल खुर्सानीखोला क्षेत्रमा ग्राभेलको काम भइरहेको र मालबहाक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकेर राखिएको उनले बताए।

आयोजनाले सूचना जारी गर्दै अत्यावश्यक सवारीबाहेक अन्य सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने सवारीसाधनलाई नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सुझाव दिइएको छ।

यसैगरी, कालीगण्डकी चोक (गैँडाकोट)–रामपुर–पिपलडाँडा हुँदै जाने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने र काठमाडौं–बर्दघाट तथा बुटवल–काठमाडौं यात्रा गर्ने सवारीसाधनलाई काठमाडौं–मुग्लिङ–पोखरा मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

दाउन्ने खण्डमा निर्माण तथा मर्मत कार्य जारी रहेकाले सडक थप जोखिमपूर्ण बनेको जनाइएको छ। आयोजना र ट्राफिक प्रहरीले सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय