२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज वृहत्तर एकता घोषणा सभा गर्दै विभिन्न समूहसँगको एकता औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ । पार्टीका अनुसार एकता घोषणा सभा आज दिउँसो १ बजे राष्ट्रियसभा गृहमा हुनेछ ।

काठमाडौँका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता तथा कार्यकर्ताको व्यवस्थापनपछि रास्वपाले एकताको घोषणा गर्न लागेको हो । पुस १३ र १४ गते रास्वपाले बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।

आजको सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी दिनमा पार्टीको राजनीतिक कार्यदिशाबारे स्पष्ट सन्देश दिइने रास्वपाले जनाएको छ । साथै, नयाँ शक्ति एकताबद्ध भएको सन्देश आम जनतामा प्रवाह गरिने पार्टीको विश्वास छ ।

यसअघि आइतबार बसेको रास्वपाको बैठकले पार्टीमा आएका नयाँ नेता तथा कार्यकर्ताको व्यवस्थापनका लागि केन्द्रीय समितिमा थप मनोनयन गर्ने निर्णय गरेको थियो । पार्टीले पदाधिकारीसमेत थप गर्दै संगठनलाई मजबुत बनाउने तयारी गरेको जनाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय