२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

२४ पुष २०८२, बिहिवार

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन निर्वाचन प्रहरीले ठूलो संख्यामा जनशक्ति भर्ना खुलाएको छ। निर्वाचन आयोगको समन्वयमा गृह प्रशासनले देशभरका मतदान केन्द्र तथा निर्वाचन गतिविधिको सुरक्षा व्यवस्थापनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार तोकिएको संख्यामा म्यादी प्रहरी भर्ना गरी उनीहरूलाई निर्वाचन अवधिभर परिचालन गरिनेछ। निर्वाचन प्रहरी मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षा तथा संवेदनशील क्षेत्रको निगरानीमा खटाइनेछन्।

भर्ना प्रक्रियाअन्तर्गत उम्मेदवारहरूले तोकिएको मापदण्ड पूरा गर्नुपर्नेछ। न्यूनतम शैक्षिक योग्यता, उमेर सीमा, शारीरिक मापदण्ड तथा स्वास्थ्य परीक्षण अनिवार्य रहने जनाइएको छ। छनोट प्रक्रिया स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालयमार्फत सञ्चालन गरिनेछ।

भर्ना भएका निर्वाचन प्रहरीलाई अल्पकालीन तालिम दिइने व्यवस्था छ। तालिममा निर्वाचनसम्बन्धी कानुनी व्यवस्था, आचारसंहिता, मतदान केन्द्रको सुरक्षा, भीड नियन्त्रण र आकस्मिक अवस्थाको व्यवस्थापनबारे जानकारी गराइनेछ।

यसपटक निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षामा विशेष ध्यान दिइएको बताइएको छ। त्यसअनुसार अघिल्ला निर्वाचनको अनुभवका आधारमा जनशक्ति संख्या बढाइएको जनाइएको छ। निर्वाचन प्रहरीको परिचालनले स्थानीय स्तरमा रोजगारीको अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय