२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

२४ पुष २०८२, बिहिवार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे पाँच प्रस्टीकरण दिएका छन्।

कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरे विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ। तर संस्थापन पक्षले अटेर गर्दै नियमित महाधिवेशन धकेल्ने र विशेष महाधिवेशन पनि हुन नदिने चाल चलेको भन्दै महामन्त्रीद्वय गगन थापा र शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका हुन्।

महामन्त्री शर्माले महाधिवेशनबारे उठेका जिज्ञासाको जबाफ पाँच बुँदामा दिएका छन्। पार्टीको विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन। बरू पार्टी विधानको रक्षा गर्नु हो। हेक्का राखौं– ठूलो स्वर बम विस्फोटनको हुन्छ। विचारको प्रस्फोटन मधुर हुन्छ। विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि हो, बदल्नुपर्ने देशका लागि हो।

उनि भन्छन साथीहरूको यो जिज्ञासालाई म स्पष्ट गर्न चाहन्छु   मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर उठेको कांग्रेसले निर्वाचनको मैदानमा बढी परिणाम दिनेछ। बढी परिणाम ल्याउने छ। त्यसैले विशेष महाधिवेशनमा जुटौं। सबै एक भएर यसलाई भव्यतापूर्वक सफल बनाऊँ। नवीन संकल्प गरौं। जागरण पैदा गरौं। अनि माघ ६ गते उम्मेदवारी दर्ता गर्न पनि सबै नै जुटेर जाउँला।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय