२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

२४ पुष २०८२, बिहिवार

संयुक्त अरब इमिरेट्स (यूएई) मा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूबाट प्रहरी रिपोर्ट प्रमाणीकरण नाममा प्रतिव्यक्ति करिब १४,२०० रूपैयाँ अतिरिक्त शुल्क लिइंदै आएको पाइएको छ। यसबारे वैदेशिक रोजगार व्यवसायी संघले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाइसकेको भए पनि अहिलेसम्म ठोस समाधान भने आएन।

जेठअघि भएको जेनजी आन्दोलन र त्यसपछि लागू भएका धेरै कडाइपूर्ण भिसा नियमका कारण यूएईले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि अतिरिक्त प्रक्रिया अपनाएको पाइएको हो। अब यही प्रक्रियालाई आधार बनाइ यूएईले पूर्वमा सरकारबाट प्रमाणीकरण भई आएको प्रहरी रिपोर्टलाई फेरि आफ्नै तहमा प्रमाणीकरण गराउन भन्दै शुल्क लिइरहेको तथा त्यो रकम नेपाली कामदारले तिरिरहेको व्यवसायीहरूले बताएका छन्।

नेपाल स्थित यूएई दूतावासले यस विषयलाई सम्बोधन गर्दै आफ्नो सरकारसँग शुल्क हटाउन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर यूएई उच्च अधिकारीबाट अहिलेसम्म कुनै स्पष्ट जवाफ प्राप्त भएको छैन। वैदेशिक रोजगारी व्यवसायीहरूले यो शुल्कले नेपाली कामदारमा आर्थिक भार थपेको र रोजगार प्रक्रियालाई असर पारेको बताइरहेका छन्।

अतिरिक्त शुल्क मुद्दाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट समेत परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको र कूटनीतिक पहल मार्फत मुक्त गर्न प्रयास भइरहेकाको जानकारी मन्त्रालयका प्रवक्ताले दिएका छन्। यूएईमा दैनिक धेरै नेपालीले रोजगारीको लागि आवेदन दिएका कारण यस समस्या समयमै समाधान हुनु आवश्यक रहेको पनि व्यवसायीहरूले औँल्याएका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय