२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

२ माघ २०८२, शुक्रवार

इसराइल र अरब राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य हमलाको योजना स्थगित अनुरोध गरेका छन्।

इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमा हमला गर्ने निर्णय नगर्न अनुरोध गरेको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पले इरानमा प्रदर्शनकारीहरू मारिने क्रम नरोकिए त्यहाँको नेतृत्वमाथि सैन्य हमला गर्ने चेतावनी दिँदै आएका थिए।ट्रम्पले भित्रभित्रै इरानमा हमला गर्ने विकल्पबारे आफ्ना वरिष्ठ सुरक्षा सल्लाहकार र सैन्य अधिकारीहरूसँग छलफल गरिरहेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसअघि नै सार्वजनिक गरेका थिए।

इरानमा हमला गर्ने पूर्वतयारी स्वरूप ट्रम्पले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूबाट कर्मचारी फिर्ता बोलाएको थियो।कतार, साउदी अरब, ओमान र इजिप्ट लगायत अमेरिकाका प्रमुख साझेदार राष्ट्रहरूले पनि ट्रम्पलाई इरानमाथि आक्रमण गर्ने योजनाबाट पछि हट्न अनुरोध गरेका थिए।

इरानी अधिकारीहरूका अनुसार १७ दिनमा २ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ। अमेरिकी मानवअधिकारवादी संस्थाहरूले भने मृतकको संख्या २६ सय नाघेको दाबी गरेका छन्।यस क्रममा १८ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।राष्ट्रपति ट्रम्पले इरानमा प्रदर्शनकारीको समर्थनमा बारम्बार इरानमा सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।

उनले सुरूवातमा इरानी प्रदर्शनकारीहरूको सुरक्षार्थ अमेरिकाले  हस्तक्षेप गर्ने बताएका थिए। पछि प्रदर्शनकारीमाथि गोली प्रहारको क्रम नरोकिए अमेरिकाले इरानी नेतृत्वमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय