२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

२९ पुष २०८२, मंगलवार

नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच संवाद गर्दा विशेष महाधिवेशन पक्षधरले केही अडानहरू राख्ने भएका छन्। दुवैतर्फका नेताहरूका अनुसार मंगलबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरका नेताहरूबीच संवाद हुँदैछ।

विशेष महाधिवेशन पक्षधरका एक जना नेताले सेतोपाटीलाई दिएको जानकारी अनुसार संवादका क्रममा विशेष महाधिवेशन पक्षधरले मुख्य गरी तीन चारवटा विषयमा अडान राख्नेछन्।

पहिलो विषय सभापति शेरबहादुर देउवासँग सम्बन्धित छ। सभापति देउवाले असोज २८ गतेको केन्द्रीय समिति बैठकमा कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइसकेको अवस्था रहे पनि पछिल्लो समय उनी सक्रिय रहेको भन्दै आलोचना भइरहेको छ। त्यसैले विशेष महाधिवेशन पक्षधरका नेताहरूले सभापति देउवाले अब सक्रिय राजनीति छाडेर अभिभावकीय भूमिका खेल्नुपर्ने अडान राख्नेछन्।

 

सभापति देउवाको निवास महाराजगंजमा हिजो कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला र सभापति देउवा पक्षका नेताहरूबीच कुराकानी भएको थियो। जसक्रममा निर्वाचनकेन्द्रित भएर अघि बढ्नुपर्ने र पार्टीलाई एक ढिक्का बनाएर जानुपर्ने निष्कर्ष निस्किएको थियो। साथै नेताहरूले सभापति देउवालाई महामन्त्रीहरूसँग कुराकानी गर्न पनि आग्रह गरेका थिए। सभापति देउवाले विशेष महाधिवेशन पक्षधरसँग अहिलेसम्म कुराकानी गरेका छैनन्। साथै सभापति देउवा पक्षले विशेष महाधिवेशन पक्षधरले राखेका यस्ता विषयहरूलाई कसरी लिन्छ पनि यकिन भइसकेको छैन।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय