२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

१२ माघ २०८२, सोमवार

नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ प्रतिलिटर ३५ देखि ४० रुपैयाँसम्मले बढेर उपभोक्ताको भान्सा निकै महँगो बनेको छ ।

बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ९० देखि ३ सय रुपैयाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर ३ सय ८० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । व्यवसायीहरूका अनुसार पछिल्लो एक सातामा मात्रै तेलमा लिटरको ३५ देखि ४० रुपैयाँसम्मको वृद्धि देखिएको हो ।

एक्कासि तेलको भाउ अत्यधिक बढ्दा घरायसी बजटेमै समस्या परेको उपभोक्ताले गुनासो गरेका छन् । नयाँ बानेश्वरस्थित देवी किराना पसलकी देवी पाण्डेले खानेतेलको मूल्य होलसेलमै प्रतिकार्टुन ३ सय रुपैयाँसम्म बढेर आएको बताइन्

यसैगरी सोयाबिन तेलको मूल्यमा पनि १।१४ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । दक्षिण अमेरिकी देशहरूमा उत्पादन सन्तोषजनक रहे पनि विश्वभरि इन्धनको विकल्पका रूपमा सोयाबिन तेल प्रयोग बढ्दा यसको भाउ घट्न सकेको छैन ।

खाद्य तथा कृषि संगठनका अनुसार २०२५ मा समग्र वनस्पति तेलको मूल्य सूचकांक १७।१ प्रतिशतले बढेको थियो, जसको प्रत्यक्ष प्रभाव २०२६ को बजारमा पनि निरन्तर देखिएको छ । आपूर्तिमा हुने उतारचढावका कारण आगामी केही महिनासम्म खानेतेलको मूल्य उच्च नै रहने प्रक्षेपण गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय