२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले जनतालाई मेयर र सांसदबीचको फरक बुझाउन आवश्यक रहेको बताएकी छन्। चितवन–३ यस पटकको निर्वाचनमा सबैभन्दा चर्चित र प्रतिस्पर्धात्मक क्षेत्रमध्ये एक बनेको छ। यहाँ पाँच प्रमुख दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा कूल १ लाख ५५ हजार ३०९ जना मतदाता छन्। यसमध्ये महिला मतदाता ७९ हजार ६१२ र पुरुष मतदाता ७५ हजार ६९६ रहेका छन्। यो क्षेत्रबाट यसपटक २३ जना उम्मेदवार छन्। यसमध्ये पुरुष उम्मेदवार १४ जना र महिला उम्मेदवार ९ जना रहेका छन्।

यस क्षेत्रमा नेकपा एमालेबाट शंकरराज थपलिया, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम उम्मेदवार छन्।

राप्रपाले दिपक थापा (मगर), जसपा नेपालले थमन सिग सुनार, नेमकिपाले बद्री लक्ष्मी कवां, राष्ट्रिय जनमोर्चाले कृष्णबहादुर केसी, प्रलोपाले बुद्धीराज तमाङ, श्रम संस्कृति पार्टीले तोजमान गुरुङ र उज्यालो नेपाल पार्टीले डम्बरबहादुर तमाङलाई उम्मेदवार बनाएको छ।

यो क्षेत्रमा ६ जना स्वतन्त्र उम्मेदवार पनि रहेका छन्। स्वतन्त्र उम्मेदवारहरूमा हरिमाया महतो, इन्द्रमाया पौडेल, कृष्णप्रसाद अधिकारी, पार्वती पौडेल (काफ्ले), मधुमाया अधिकारी, रञ्जना पौडेल र रोलबहादुर गुरुङ रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय