२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र | ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि बहस | दीपक खड्का पक्राउसँगै देउवा परिवार अनुसन्धानको दायरामा | मन्त्री र सांसदको दैनिक मापसे जाँच गर्नुपर्ने हर्क साम्पाङको माग | ओली–लेखक पक्राउप्रति नेपाल बार एसोसिएसनको आपत्ति: सरकारको निर्णय ‘पूर्वाग्रही’ |

सुरक्षाका हिसाबले ‘रुफटप भेहिकल’ प्रयोग जोखिमपूर्ण ठहर गर्दै फागुन ७ गते गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन अवधिभर उम्मेदवारले यस्ता सवारीसाधन प्रयोग गर्न नपाउने निर्णय गरेको थियो। तर पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार झापामा आयोजित कार्यक्रमहरूमा रुफटप गाडीबाटै लामो सम्बोधन गरेका छन्।

बिर्तामोडमा बिहान आयोजित चुनावी कार्यक्रममा लामिछानेले सरकारको निर्देशनविपरीत रुफटपबाट मतदातालाई सम्बोधन गरे। उनी गाडीको रुफटपबाट निस्केर छतमै उभिएका थिए। झापाका विभिन्न क्षेत्रका रास्वपा उम्मेदवारहरू पनि सो कार्यक्रममा सहभागी थिए। पूर्व उपसभामुख इन्दिरा राना पनि कार्यक्रममा देखिएकी थिइन्।

इटहरीमा हुने पार्टी कार्यक्रम अघि झापाका सबै क्षेत्रका उम्मेदवारको माहोल बनाउन लामिछाने सहभागी भएका थिए। उनी पुगेका सबै स्थानमा रुफटप गाडी प्रयोग गरिएको थियो। कार्यक्रममा बोल्दै उनले निवर्तमान सभामुख देवराज घिमिरेमाथि जनताको आवाज उठाउँदा माइक काट्ने व्यक्तिले अहिले कुन मुख लिएर भोट माग्दै हिँडेको भनी प्रश्न उठाए।

सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी रहेको व्यक्ति सार्वजनिक पदमा रहे स्वतः निलम्बन हुने कानुनी व्यवस्था अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद निलम्बित भएको थियो। उक्त निर्णयलाई उनले राजनीतिक रंग दिँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् नियमावलीविपरीत दुई घण्टामै सूचना टाँसेर आफूलाई हटाएको दाबी गरेका छन्।

रास्वपाले चुनाव प्रचारका क्रममा नेपाली कांग्रेस, एमाले लगायत दलका नेतामाथि कानुन उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। तर करिब दुई पटक गरी छ महिनासम्म गृहमन्त्री बनेका लामिछाने स्वयंले केन्द्रीय सुरक्षा समितिको निर्णयको संवेदनशीलता र गम्भीरतालाई बेवास्ता गरेको देखिएको छ।

राष्ट्रिय सुरक्षा समितिबाट आएको निर्देशन सुरक्षाकै कारण जारी गरिएको थियो। गृहमन्त्रीको अध्यक्षतामा रहने केन्द्रीय सुरक्षा समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहन्छन्।

फागुन २१ को निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका आधारमा समिति बैठक बसेर निर्णय गरिएको हो। गृहमन्त्रीभन्दा माथिल्लो तहमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने व्यवस्था भए पनि निर्वाचन सुरक्षासम्बन्धी परिषद्को बैठक भने बसेको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय