२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाली कांग्रेस का सभापति गन कुमार थापा ले अबको पाँच वर्षलाई ‘स्वर्णिम’ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई जिताउन आह्वान गरे।

थापाले विगत पाँच–छ वर्ष सरकार बनाउने र फेर्ने प्रक्रियामै बितेको उल्लेख गर्दै त्यसले युवापुस्तामा निराशा बढाएको बताए। गठबन्धनको राजनीतिले देशको गति प्रभावित भएको उनको भनाइ थियो। उनले २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई ऐतिहासिक अवसरका रूपमा लिएर अघि बढ्ने बताए।

उनले कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको स्मरण गराउँदै कामको सुरुवात तुरुन्तै गर्ने दाबी गरे। “पाँच वर्ष कुरेर बस्दैनौँ, बैशाख १ गतेबाटै कामको हिसाब दिन्छौँ,” उनले भने।

सभापति थापाले पाँच वर्षका योजनाबारे सबै दलसँग एउटै टेबलमा बस्न तयार रहेको तर अरू दल तयार नभएको दाबी गरे। एमाले, नेकपा र रास्वपालाई एउटै मञ्चमा आएर योजना बनाउन आग्रह गरे पनि कोही नआएको उनको भनाइ थियो।

उनले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कसैले पनि सिंहदरबार जलाउने अवस्था आउन नहुने बताए। भदौ २३ गतेको आन्दोलनको जिम्मेवारी लिने तर त्यसपछिको विध्वंसको जिम्मेवारी नलिने प्रवृत्तिले देशलाई फेरि दुर्घटनातर्फ धकेल्न सक्ने चेतावनी दिए।

विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै उनले २०४६ सालपछि भएका काण्डहरूको छानबिन गर्दा आफ्नै परिवारका सदस्य संलग्न भए पनि नछोडिने प्रतिबद्धता व्यक्त गरे। पाँच वर्षभित्र कसैले गलत काम गरेको सुन्न नपरोस् भन्ने उनको भनाइ थियो।

थापाले कर्णालीको गरिबी दर देशको औसतभन्दा धेरै रहेको उल्लेख गर्दै समस्याको जडसम्म पुग्नुपर्ने बताए। कर्णाली र काठमाडौँ महानगरपालिकाको आर्थिक अवस्थाबीच ठूलो अन्तर रहेको उनले बताए। कर्णालीको वार्षिक आय ५२ करोड हुँदा काठमाडौँमा १० अर्ब रहेको उदाहरण उनले दिए।

संविधान र कानुनमा सुधार नगरी कर्णालीको विकास सम्भव नभएको उनको धारणा थियो। बजेट खर्च प्रणालीका कारण कर्णालीमा बजेट फ्रिज हुने समस्या रहेको पनि उनले उल्लेख गरे।

सूचना प्रविधि र शिक्षामा पनि कर्णाली पछाडि परेको भन्दै उनले आमा र बालपोषणमा ध्यान दिनुपर्ने बताए। विकास बहुआयामिक हुने र त्यसका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनले दोहोर्‍याए।

सभाको अन्त्यमा उनले कार्यकर्तालाई गाउँगाउँमा पुगेर कांग्रेसको सन्देश फैलाउन आग्रह गरे। पाँच वर्षलाई खेर जान नदिन मतदाताको घरदैलोमा पुग्नुपर्ने उनले बताए।

सो अवसरमा नेपाली कम्युनिस्ट पार्टीका धनलाल गुरुङ, भोजराज मल्ल, बलराम रावल र नारायण बस्नेतसहित ८० जना कांग्रेसमा प्रवेश गरेका छन्। सभापति थापाले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय