२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

न्युजिल्यान्डलाई पराजित गर्दै भारत कीर्तिमानी तेस्रो पटक टी–२० विश्वकपको च्याम्पियन बनेको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्यान्डलाई ९६ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि जित्न सफल भयो।

भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा अलआउट हुँदै १५९ रनमा समेटियो। न्युजिल्यान्डका लागि ओपनर टिम साइफर्टले सर्वाधिक ५२ रन बनाए। उनले २६ बलमा २ चौका र ५ छक्का प्रहार गरे। कप्तान मिचेल स्यान्टेनरले ३५ बलमा ४३ रनको योगदान दिए।

भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट लिए।

यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस जितेर न्युजिल्यान्डले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार गरेको थियो।

भारतका सुरुवाती तीनै ब्याटरले अर्धशतक प्रहार गरे। सञ्जु स्यामसनले सर्वाधिक ८९ रन बनाए। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। पहिलो विकेटका लागि अर्का ओपनर अभिषेक शर्मा र स्यामसनले ४३ बलमा ९८ रनको साझेदारी गरेका थिए। शर्मा २१ बलमा ६ चौका र ३ छक्कासहित ५२ रनमा आउट भए।

तेस्रो विकेटका लागि स्यामसनले इशान किशनसँग ४८ बलमा १०५ रनको शतकीय साझेदारी गरे। किशनले ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन बनाए।

न्युजिल्यान्डका लागि जिम्मी निशमले १६औँ ओभरमा महत्वपूर्ण ३ विकेट लिएपछि भारतको रनगति केही रोकिएको थियो। भारतले कप्तान सुर्यकुमार यादवलाई रनको खाता नखोल्दै गुमाएको थियो।

हार्दिक पाण्ड्या १३ बलमा १८ रन बनाएर आउट हुँदा शिवम दुबे २६ रनमा अविजित रहे। भारतले अन्तिम ५ ओभरमा ४ विकेट गुमाउँदै ५२ रन थपेको थियो।

न्युजिल्यान्डका लागि जिम्मी निशमले ३ विकेट लिए भने रचिन रविन्द्र र म्याट हेनरीले समान १–१ विकेट लिए।

दोस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड फेरि पनि उपविजेतामै सीमित भएको छ। न्युजिल्यान्ड यसअघि सन् २०२१ को विश्वकप फाइनलमा पनि अस्ट्रेलियासँग पराजित हुँदै उपविजेता बनेको थियो।

टी–२० विश्वकप लगातार दोस्रो पटक जित्ने भारत पहिलो राष्ट्र समेत बनेको छ। यसअघि सन् २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा भएको विश्वकपमा पनि भारत च्याम्पियन बनेको थियो। त्यस विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।

घरमै आयोजना भएको विश्वकप जित्ने राष्ट्रका रूपमा पनि भारत पहिलो बनेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय