२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

विश्व बैंक ले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधार गर्न ७ अर्ब ७ करोड २० लाख रुपैयाँ ऋण अनुमोदन गरेको छ।

उच्च जोखिममा रहेको काठमाडौं उपत्यका तथा तराइका केही क्षेत्रमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालन गर्न उक्त रकम स्वीकृत गरिएको वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने लक्ष्य राखिएको छ।

यो परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग, वन तथा वातावरण मन्त्रालय तथा वातावरण विभाग मार्फत कार्यान्वयन गरिने जनाइएको छ।

विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार परियोजनाले विशेषगरी वायु प्रदूषणको जोखिम बढी रहेका क्षेत्रमा स्वच्छ हावा सुनिश्चित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

तस्बिर : ए.आई 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय