२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारीबारे गम्भीर हुन र जनताले दिएको मतको सम्मान गर्न आग्रह गरेका छन्।

मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले सांसदहरूलाई पार्टीको वाचापत्र र धारणाहरू पुनः अध्ययन गर्न सुझाव दिएका छन्।

उनले सांसदहरूको भूमिका स्पष्ट पार्दै भने, “हामी यहाँ कानुन बनाउन आएका हौं, त्यसैले मूल र सहायक काम के हो भन्ने बुझ्न जरुरी छ।” साथै, उनले सांसदहरूले सरकारको कामको प्रभावकारी अनुगमन गर्ने ‘वाचडग’ को भूमिका पनि निर्वाह गर्नुपर्ने बताए।

वाग्लेले अबको समय प्रणाली सुधार र सुशासन स्थापना गर्ने अवसर भएको उल्लेख गर्दै व्यक्तिगत समस्याभन्दा माथि उठेर काम गर्न आग्रह गरे। “अब प्रणाली बसाल्ने र अस्तव्यस्त अर्थ–राजनीतिलाई सम्हाल्ने समय आएको छ,” उनले भने।

उनले सांसदहरूलाई पुनः अध्ययनको चरणमा प्रवेश गर्नुपर्ने भन्दै ‘ब्याक टू कलेज’ जस्तो अवस्था भएको पनि उल्लेख गरे। जनताको विकासप्रतिको अपेक्षा उच्च भएकाले त्यसलाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

वाग्लेले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका जनताका गुनासाहरू संसद्मा सशक्त रूपमा उठाउन र विकास निर्माणको गतिलाई तीव्र बनाउन पनि आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय