२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय सम्पादनको कार्यमा न्यायालय चुक्न नहुने बताउनुभएको छ। मंगलबार घोराही पुग्नुभएका उहाँले निष्पक्ष न्याय सम्पादनका लागि न्यायाधीश र अदालतका कर्मचारीहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो।

न्यायालयप्रति जनविश्वास कायम राख्न पुरानो सोच र कार्यशैलीलाई परिवर्तन गर्दै निष्पक्ष र प्रभावकारी ढंगले न्याय सम्पादन गर्नुपर्ने उहाँको भनाइ थियो। सेवाग्राहीसँग हिजोभन्दा फरक र जिम्मेवार व्यवहार गर्नुपर्ने समय आएको उल्लेख गर्दै उहाँले विगतमा भएका कमजोरीहरू सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

प्रधानन्यायाधीश राउतले न्यायालयभित्रै आत्मसमीक्षा गरेर काम गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताउनुभयो। समाजमा असल मानिसहरू पनि छन् भन्ने सन्देश दिने गरी काम गर्न न्यायाधीश र कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो।

अदालतप्रतिको विश्वास बढाउन न्याय सम्पादनमा निष्पक्षता र प्रभावकारिता अनिवार्य रहेको उहाँको धारणा थियो। अदालत नियमित रूपमा सञ्चालन भएमा अन्य सरकारी कार्यालयहरू पनि सक्रिय रूपमा चलायमान हुने उहाँले बताउनुभयो।

यसैबीच जेन–जी आन्दोलनका क्रममा दाङ जिल्ला अदालतलाई क्षति हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रहरी हवल्दार सङ्गीता अधिकारीलाई कार्यक्रममा सम्मान गरिएको छ। प्रधानन्यायाधीश राउतले उनलाई नगद २५ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गर्नुभयो।

सामाजिक सञ्जालमार्फत अधिकारीको योगदानबारे जानकारी पाएपछि प्रत्यक्ष भेटेर सम्मान गर्ने इच्छा पूरा भएको उहाँले बताउनुभयो। न्यायालयप्रति जनताको आस्था र विश्वास जोगाइराख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभरका २३ वटा अदालतमा क्षति पुगेको उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले क्षतिग्रस्त संरचनाको पुनःस्थापना गरेर न्याय सेवा सुचारु गर्ने काम भइरहेको जानकारी दिनुभयो।

सोही क्रममा उहाँले दाङ जिल्ला अदालत घोराही र उच्च अदालत तुलसीपुरको पनि निरीक्षण गर्नुभएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय