२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

ट्राभल एजेन्सीको नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ६ भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ‘सीर्टल होलिडेज’ नामक ट्राभल एजेन्सीमार्फत युरोप, एसिया, अफ्रिका लगायत १७५ देशमा भ्रमणका लागि लट्री परेको भन्दै झुक्याएर ३२८ जना नेपालीबाट करोडौँ रुपैयाँ ठगी गरिएको हो।

उक्त कार्यमा संलग्न ७ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप घर भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका २६ वर्षीय विवेक रेग्मी रहेका छन्।

प्रहरीका सूचना अधिकारी एसपी मनोहर प्रसाद भट्टका अनुसार रेग्मीको नाममा कम्पनी दर्ता गरी ३२८ जनाबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरिएको छ।

पक्राउ पर्ने अन्य ६ जना भारतीय नागरिक रहेका छन्। उनीहरू भारतको हैदरावाद घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–२ बालकुमारी क्षेत्रमा बस्दै आएका थिए।

प्रहरीले उनीहरूबाट करिब सात लाख रुपैयाँ नगद, कम्प्युटर, विभिन्न कागजात तथा छापसमेत बरामद गरेको जनाएको छ।

अनुसन्धानका क्रममा रेग्मीको नाममा गएको पुसमा कम्पनी दर्ता गरी कार्यालय स्थापना गरिएको खुलेको छ। कम्पनी सञ्चालनका लागि करिब ३० जना नेपाली कर्मचारी राखिएको थियो।

कर्मचारीलाई कम्पनीको मुख्य कार्यालय भारतको हैदरावादमा रहेको जानकारी दिइएको थियो। ठगीका लागि भाटभटेनी, लविम मल, सिभिल मललगायत स्थानमा स्टल राखी फारम भराउने गरिएको थियो।

फारम भर्ने सबैलाई लट्री परेको भन्दै फोन गरी कार्यालयमा बोलाइन्थ्यो। त्यसपछि होलिडे प्याकेजको अफर भन्दै सोही दिन अन्तिम मिति रहेको बहाना बनाएर कम्पनीको खातामा रकम जम्मा गर्न लगाइन्थ्यो।

रकम बुझाइसकेपछि भने भ्रमण नगराउने र फिर्ता माग्दा विभिन्न बहाना बनाएर नदिने गरिएको खुलेको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय