२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

बर्दियामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ। लागुऔषध कारोबारविरुद्ध प्रदर्शन गर्दै स्थानीयले अवरुद्ध पारेको नेपालगन्ज–गुलरिया सडक खण्ड खुलाउन पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो।

गुलरिया नगरपालिका–११, गणेशपुरमा भएको झडपमा केही स्थानीयसहित १० जना सुरक्षाकर्मी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुपरेको हो।

झडपमा नेपाल प्रहरीका सात जना र सशस्त्र प्रहरीका तीन जना गरी १० जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी सहायक हवलदार सन्तोष विकको अवस्था गम्भीर रहेको छ। उनको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

लागुऔषधको ‘ओभरडोज’ का कारण दुई स्थानीय युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयले सीमा नाका बन्द गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका थिए। स्थानीयका अनुसार मृत्यु हुनेमा गुलरिया–११ का सुरेश खटिक र बोहरन खटिक रहेका छन्।

प्रहरीले भने युवाहरूको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने जनाएको छ।

केही दिनयता भारतबाट भित्रिएको ब्राउन सुगर र कोरेक्सलगायतका लागुऔषध सेवनका कारण एउटै परिवारका दुई जनाको ज्यान गएको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।

स्थानीयको भनाइ अनुसार भारतीय सीमावर्ती बजारमा अवैध लागुऔषध निर्बाध रूपमा बिक्री भइरहेको छ र नेपाली युवाहरू त्यहाँ पुगेर सेवन गर्ने क्रम बढ्दो छ। त्यसैले सीमा नाका पूर्ण रूपमा बन्द गर्नुपर्ने उनीहरूको माग छ।

गुलरिया–११ का पूर्व वडाध्यक्ष रामनारायणप्रसाद केशरीले सीमावर्ती भारतीय बजार लौकाही लागुऔषधको ‘हब’ बन्दै गएको भन्दै उक्त नाका बन्द गरी कारोबारीमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय