२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

धनुष बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा पक्राउ परेका कृष्णप्रसाद जैसीलाई रास्वपा सभापति रवि लामिछानेको मुद्दासँग जोडिएको विषयप्रति सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले ध्यानाकर्षण भएको जनाएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीले मंगलबार विज्ञप्ति जारी गर्दै रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति जैसी मात्र नभएको स्पष्ट पारेको हो।

विज्ञप्तिमा भनिएको छ, “सूर्यदर्शन सहकारीको मुद्दा प्रकरणमा पहिलो मुद्दाका जाहेरवाला र पूरक तथा थप मुद्दाका जाहेरवालाहरू फरक–फरक व्यक्तिका नाममा दर्ता गरिएको छ। हरेक मुद्दाका मिति पनि फरक–फरक छन्। कृष्णप्रसाद जैसीको जाहेरीमा रवि लामिछानेको मुद्दाको सुरुआत गरिएको होइन।”

सहकारीले जैसीको व्यक्तिगत विषयलाई संस्थाको मानमर्यादा र रवि लामिछानेविरुद्धको मुद्दासँग जोडेर प्रचार नगर्न आग्रह गरेको छ।

धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा आइतबार पक्राउ परेका जैसी सूर्यदर्शन सहकारीका पीडितका रूपमा परिचित थिए। जिबी राईसहित सात जनाविरुद्ध सुरुआती जाहेरी उनको नामबाट परेको भए पनि लामिछानेविरुद्धको पूरक जाहेरी भने गोविन्दप्रसाद अधिकारीको नाममा रहेको सहकारीले स्पष्ट पारेको छ।

जैसी धनुष सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ अपचलन गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा उल्लेख छ। सोही आधारमा कास्की प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

तर सूर्यदर्शन सहकारीले भने जैसी केवल एक ‘पीडित बचतकर्ता’ र ‘सामान्य जाहेरवाला’ मात्र भएको जिकिर गर्दै धनुष सहकारीको प्रकरणलाई सूर्यदर्शनसँग जोडेर विषयवस्तु मोड्न खोजिएको भन्दै आपत्ति जनाएको छ।

विज्ञप्तिमा हाल सूर्यदर्शनसँग जोडिएका मुद्दाहरू सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा अदालतको मानमर्यादा र सम्मानलाई ध्यान दिन सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरिएको छ।

धनुष सहकारी ठगी प्रकरणमा जैसीसहित १३ जनालाई प्रतिवादी बनाइएको छ भने अन्य चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Suryadarshan Cooperative said - 'Jayse is not the only person who filed a complaint against Ravi Lamichhane'

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय