२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरबाट फेला परेको रकमबारे अनुसन्धान अघि बढाउन उनलाई नियन्त्रणमा लिएको हो।

गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत् खड्काको पक्राउको जानकारी दिएका छन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए। आगलागीपछि घरभित्र रहेका नेपाली तथा विदेशी मुद्राका नोट जलेको भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। यस विषयमा पत्रकारले खड्कालाई प्रश्न गर्दा उनले भने, “मेरो घरमा कति पैसा थियो भनेर प्रहरीसँग दर्ज गरिएको छ। मैले दसैंका लागि ल्याएर राखेको थियो, र केही नोट उडाएर फोटो खिचिएको थियो। यो सबै चरित्र हत्या गर्न प्लान गरिएको थियो।”

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जलेका नोटका टुक्रा र घटनास्थल वरिपरि संकलित खरानीको विश्लेषण गर्दै थप अनुसन्धान अघि बढाइरहेको छ।

पूर्वमन्त्री खड्का लामो समयदेखि विभिन्न विवादमा तानिएका पात्र हुन्। स्काउटको जग्गा र भवन कब्जा गर्ने मुद्दा, नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखलाई हटाउने विषयमा विवाद, र जेनजी आन्दोलनकाक्रममा घरमा राखिएको रकमका कारण उनी विवादमा आएका थिए। खड्का नेतृत्वको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले स्काउटको करिब १२ रोपनी जग्गा गैरकानुनी रूपमा प्रयोग गर्दै आएको र भाडाबापतको रकम नतिरेको उजुरी पनि दर्ता भएको थियो।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेका खड्कामाथि सार्वजनिक सम्पत्ति हडपेको र पदको दुरुपयोग गरेको विषयमा लामो समयदेखि छानबिन भइरहेको थियो। यसअघि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उक्त जग्गामा रहेका संरचना सिल पनि गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय