२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश |

नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा एक युवतीलाई जलाएर हत्या गरिएको घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग तीव्र बन्दै गएको छ।

स्थानीय जनप्रतिनिधि, संघसंस्था तथा नागरिकहरूले दोषी जोसुकै भए पनि कुनै प्रकारको छुट नदिई कठोर कारबाही गर्न आग्रह गरेका छन्। सोही क्रममा बाँके–२ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईले घटनालाई गम्भीर रूपमा अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्। उनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै द्रुत र प्रभावकारी अनुसन्धानको आवश्यकता औंल्याएका छन्।

सांसद राईले दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन र जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। साथै, यस्ता घटना दोहोरिन नदिन शंकास्पद गतिविधिबारे तुरुन्त जानकारी गराउन सबै नागरिकलाई अपिल गरेका छन्।

लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले पनि यस्तो जघन्य अपराधमा संलग्नलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताउँदै कडा कारबाहीको माग गरेकी छन्। नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले महिलामाथि हुने हिंसाका घटनामा संलग्नलाई कठोर सजाय दिनुपर्ने धारणा राखेका छन्।

आइतबार बिहान कोरियनपुरमा सिर्जना बूढा मगर (गीता) जलेको अवस्थामा भेटिएकी थिइन्। उनलाई उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृतककी तीन वर्षीया छोरी छिन् र उनी पतिसँग सम्बन्ध विच्छेद गरेर बस्दै आएकी थिइन्। केही वर्षदेखि स्थानीय युवा आरिफ ढपालीसँग सम्बन्धमा रहे पनि पछिल्लो समय सम्बन्ध राम्रो नभएको प्रहरीको प्रारम्भिक जानकारी छ।

घटनालाई शंकास्पद मान्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार आरिफ ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। प्रहरी नायब उपरीक्षक दीपक पातलीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिँदै सामाजिक सञ्जालमा अफवाह फैलाउने गतिविधि नगर्न आग्रह गरेका छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले घटनालाई आत्महत्या वा कर्तव्य ज्यान दुवै कोणबाट अनुसन्धान भइरहेको बताए। उनले पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविक कारण स्पष्ट हुने जनाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय