२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्।

पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिएका छन्।

बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए, तर अन्तिम समयमा उनले आफ्नो दाबी फिर्ता लिएका थिए।

यसैबीच, युवालाई संसदीय दलको जिम्मेवारी नदिएको भन्दै एमालेले सुहाङलाई खाली हात राखेको टिप्पणी पनि भएको छ।

एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जित्दै प्रतिनिधि सभामा तेस्रो ठूलो दलको स्थान बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय