२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

सिंहदरबार परिसरमा कानुन व्यवसायीको प्रवेशमा गरिएको कडाइप्रति चासो व्यक्त गर्दै एमालेका युवा सांसद सुहाङ नेम्वाङले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

नेम्वाङले नेपाल बार काउन्सिलबाट जारी गरिएको परिचयपत्रका आधारमा कानुन व्यवसायीलाई सहज रूपमा सिंहदरबार प्रवेशको व्यवस्था मिलाउन लिखित रूपमा आग्रह गरेका हुन्। यस विषयमा उनले प्रधानमन्त्रीको सचिवालयलाई मौखिक जानकारी समेत गराएको बताएका छन्।

उनले नागरिकले आफ्नो मुद्दामा प्रतिनिधित्व गर्न वा प्रशासनिक कामका लागि कानुन व्यवसायी नियुक्त गर्न पाउने संवैधानिक अधिकार रहेको स्मरण गराएका छन्। सिंहदरबारभित्र रहेका मन्त्रालय, प्रशासनिक निकाय तथा अदालतमा सेवाग्राहीले वकिलसहित प्रवेश गर्न पाउनु न्यायमा पहुँच सुनिश्चित गर्ने महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ।

नेम्वाङका अनुसार अदालतबाट नेपाल सरकार वा विभिन्न मन्त्रालयका नाममा जारी आदेश तथा फैसलाको कार्यान्वयनका लागि सम्बन्धित निकाय र कानुन व्यवसायीबीच प्रत्यक्ष सम्पर्क आवश्यक हुन्छ। त्यसका लागि सहज पहुँच अनिवार्य रहेको उनले उल्लेख गरेका छन्।

साथै सिंहदरबारभित्र रहेका विभिन्न निकाय र संसदीय दलका कार्यालयहरूले कानुनी परामर्शका लागि वकिल नियुक्त गर्ने अभ्यास रहेको पनि उनले स्मरण गराएका छन्।

यसअघि वकिललाई परिचयपत्रका आधारमा सहज प्रवेश दिने व्यवस्था मिलाउने श्रेय उनका पिता तथा तत्कालीन सभामुख सुवास नेम्वाङलाई जाने बताइएको छ। तत्कालीन नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार सुवास नेम्वाङले गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग समन्वय गरी यस्तो व्यवस्था लागू गराएका थिए।

हाल भने प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीले नागरिक एपमार्फत प्राप्त सिंहदरबार गेट पासका आधारमा मात्र प्रवेश गर्नुपर्ने व्यवस्था रहेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय