२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार उनको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ बराबर रहेको देखाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा मन्त्री पोखरेलको नाममा घरजग्गा, बैंक मौज्दात, सेयर लगानी, सुनचाँदी र सवारी साधनसहित विभिन्न सम्पत्ति रहेको उल्लेख गरिएको छ।

विवरणअनुसार, मन्त्री पोखरेलको व्यक्तिगत नाममा काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य ४ करोड रुपैयाँ उल्लेख छ। काठमाडौँकै मूलपानीमा ६ आना जग्गा रहेको छ, जसको मूल्य ५ करोड रुपैयाँ तोकिएको छ। मोरङमा १ कठ्ठा जग्गा रहेको पनि विवरणमा उल्लेख छ, जसको मूल्य १ करोड रुपैयाँ रहेको छ।

पारिवारिक सम्पत्तिअन्तर्गत बुवाको नाममा काठमाडौँमा ४ आना २ पैसाको घडेरी रहेको छ, जसको मूल्य साढे २ करोड रुपैयाँ देखाइएको छ। आमाको नाममा गोदावरीमा डेढ करोड र गोकर्णेश्वरमा अर्को डेढ करोड रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ। त्यस्तै गोदावरीमै ११ रोपनी ४ आना क्षेत्रफलको जग्गा पनि परिवारको नाममा रहेको र यसको मूल्य ५ करोड रुपैयाँ रहेको जनाइएको छ।

मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको उल्लेख छ, जसको कुल मूल्य ७५ लाख रुपैयाँ तोकिएको छ। उनीसँग २५ हजार रुपैयाँ नगद पनि रहेको विवरणमा देखाइएको छ।

बैंक खातातर्फ सानिमा बैंकमा २ लाख ४८ हजार र एनआईसी एसिया बैंकमा २ लाख रुपैयाँ गरी कुल ४ लाख ४८ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख छ।

सेयर लगानीतर्फ परिवारको नाममा विभिन्न कम्पनीमा १ करोड ७७ लाख रुपैयाँ बराबरको लगानी रहेको विवरणमा जनाइएको छ।

सवारी साधनतर्फ बुवाको नाममा ७० लाख रुपैयाँ पर्ने एक ईभी कार र मन्त्री पोखरेलको नाममा करिब ४० लाख रुपैयाँ पर्ने अर्को कार रहेको उल्लेख छ। साथै, उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि विवरणमा खुलाएका छन्।

सम्पूर्ण सम्पत्ति र दायित्व जोड्दा आफ्नो कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको उनले विवरणमा उल्लेख गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय