२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

कृषि तथा पशुपन्छी तथा वन तथा वातावरणमन्त्री गीता चौधरीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनको नाममा पशुचौपाया, सुनचाँदी, बैंक मौज्दात, जग्गा तथा अन्य सम्पत्ति रहेको देखाइएको छ।

विवरणअनुसार मन्त्री चौधरीसँग २ वटा बाख्रा र १० वटा कुखुरा रहेका छन्। ती पशुचौपाया उनले यसै वर्ष माइतबाट उपहार स्वरूप प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ।

त्यस्तै, उनको नाममा २ लाख ५० हजार रुपैयाँ बराबरको सेयर लगानी रहेको देखिएको छ। विभिन्न ५ वटा बैंकमा कुल १ लाख २६ हजार रुपैयाँ मौज्दात रहेको विवरणमा जनाइएको छ।

मन्त्री चौधरीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको पनि विवरणमा उल्लेख गरिएको छ, जसलाई पैतृक तथा स्वआर्जित स्रोतका रूपमा देखाइएको छ।

जग्गातर्फ बर्दियाको राजापुरमा ३० लाख रुपैयाँ मूल्यको जग्गा र रुपन्देहीको सैनामैनामा ११५० वर्गमिटर क्षेत्रफलको जग्गा रहेको विवरणमा देखाइएको छ।

त्यस्तै, ७५ हजार रुपैयाँको ल्यापटप, ९० हजार रुपैयाँको मोबाइल र ५० हजार रुपैयाँको घडी पनि उनको सम्पत्तिमा समावेश गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय