२०८३ बैशाख ४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको पुरानो र्‍याप भिडिओविरुद्ध साइबर ब्युरोमा उजुरी | त्रिभुवन आर्मी क्लब तेस्रोपटक प्रधानमन्त्री कपको च्याम्पियन | सरकारी अस्पतालको ओपीडी आइतबार बन्द हुने | गैरकानुनी कब्जामा रहेका जग्गा–सम्पत्ति फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन | बजेट अधिवेशन प्रभावकारी बनाउने तयारीमा सभामुख अर्याल | दीपेन्द्रको कप्तानीमा यूएईविरुद्ध टी–२० सिरिज : रोहित पौडेल बाहिर कुशल मल्लको पुनरागमन | परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूतको भेट | ट्रम्पको पहलमा लेबनान–इजरायलबीच १० दिनको युद्धविराम | संघीय संसद् समितिमा सभापति छान्ने प्रक्रिया आज सम्पन्न हुने | श्रद्धा र सम्मानको पर्व: आमाको मुख हेर्ने दिन देशभर मनाइँदै |

नेपाल क्रिकेट संघले यूएईविरुद्ध हुने दुई खेलको टी–२० सिरिजका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्।

यसपटकको टोलीमा नियमित कप्तान रोहित पौडेल भने समावेश छैनन्। त्यस्तै केही नयाँ खेलाडीलाई मौका दिइएको छ भने केही अनुभवी खेलाडीले पुनरागमन गरेका छन्।

कुशल मल्ल टोलीमा फर्किएका छन् भने सन्तोष यादवले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम र नन्दन यादव रहेका छन्।

त्यस्तै सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शहाब आलम र शेर मल्ल पनि १५ सदस्यीय टोलीमा परेका छन्।

रिजर्भ खेलाडीमा प्रतिश जीसी, नारायण जोशी र राशिद खानलाई राखिएको छ।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को सिरिजअघि यूएईसँग यो टी–२० सिरिज खेल्न लागेको हो।

नेपाल र यूएईबीच वैशाख ६ र ७ गते दुई खेल हुनेछ। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेपछि सुरु हुनेछन्।

त्यसपछि नेपालले लिग–२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज आयोजना गर्नेछ। नेपाल, ओमान र यूएईबीच त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ भने अर्को सिरिज नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय