२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

स्वतन्त्र सांसद महावीर पुनले सिमानामा भन्सार तिर्नुपर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

उनले उक्त निर्णयलाई अव्यावहारिक र अन्यायपूर्ण भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पुनले सीमा क्षेत्रमा लामो समयदेखि चलिआएको अभ्यासलाई एकाएक हटाउन नमिल्ने बताएका छन्।

उनका अनुसार व्यक्तिगत प्रयोगका लागि ल्याइने सानो परिमाणका सामानमा भन्सार नलाग्ने चलन वर्षौँदेखि कायम रहँदै आएको छ। यस्तो व्यवस्था रातारात परिवर्तन गर्नु उपयुक्त नहुने उनको भनाइ छ।

सांसद पुनले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकबाट यस विषयमा सयौँ गुनासा आएको उल्लेख गरेका छन्। त्यसलाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले पुनः निर्णय गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुपर्ने उनको माग छ।

भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरिएको विषयमा उनले स्पष्ट असन्तुष्टि व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय