२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग भएको साढे तीन घण्टा लामो छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री शाहले शैक्षिक संस्थामा कुनै पनि बहानामा राजनीति गर्न नहुने स्पष्ट गर्दै दलीय संगठन हटाउन कुनै पनि ऐन बाधक नहुने बताएका छन्।

उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता शैक्षिक संस्थामा राजनीतिक झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताए। राजनीति गर्न चाहने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा आउन सुझाव पनि दिए।

छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले विद्यार्थी संगठन हटाउने प्रयास गर्दा धम्की र आक्रमणको सामना गर्नुपरेको भन्दै असुरक्षाको गुनासो गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले संगठन हटाउने क्रममा कुनै समस्या आए तत्काल सम्बन्धित मन्त्रालय वा सचिवालयमा जानकारी दिन निर्देशन दिए। उनले सुरक्षाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको र आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्।

प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डर कडाइका साथ पालना गर्न र परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न पनि निर्देशन दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक संगठन खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेको र त्यसमा ऐन बाधक नहुने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय