२०८३ बैशाख १० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संविधान संशोधनको तयारी तीव्र बहसपत्र तयार गर्न कार्यदलको बैठक जारी | सरकारको सुकुमवासी बस्ती हटाउने निर्देशन ‘अपरिपक्वता र राजनीतिक बेइमानी’ : जेनजी अगुवा रक्षा बम | यातायात व्यवसायीको अडान : विद्यार्थीलाई कार्ड छुट नदिने घोषणा | अमेरिकी उच्चस्तरीय भ्रमण जारी ट्रम्पका विशेष दूत गोर काठमाडौँ आउँदै | मिथ्या समाचारप्रति सरकार कडा, आधिकारिकता बिना सूचना नफैलाउन आग्रह | भ्रष्टाचार नियन्त्रणतर्फ कदम : सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम | सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ | सुधनको राजीनामापछि गृह मन्त्रालय खाली : अब को बन्ला गृहमन्त्री ? | दीपक भट्ट र सुलभ अग्रवाललाई अनुसन्धानका लागि सात दिन म्याद थप | ‘नैतिकता पदभन्दा ठूलो’ भन्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा |

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइँदै आएको छुट अब नदिने घोषणा गरेको छ।

यातायात व्यवस्था विभागले विद्यार्थी छुट अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएपछि महासंघले त्यसको कडा विरोध गर्दै यस्तो अडान लिएको हो।

महासंघले सरकारलाई पठाएको जवाफमा राज्यले व्यवसायीलाई दिँदै आएको कर सहुलियत पुनः बहाल नगरेसम्म कुनै पनि हालतमा विद्यार्थी छुट कार्यान्वयन नगर्ने स्पष्ट पारेको छ।

व्यवसायीहरूले २०६५ सालको निर्णय देखाएर सरकारले दबाब दिएको भन्दै त्यसको आलोचना गरेका छन्। महासंघका अनुसार विगतमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिएबापत व्यवसायीहरूले वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशतसम्म सहुलियत पाउने व्यवस्था थियो।

तर संघीय व्यवस्था लागू भएपछि सरकारले २०७३ सालदेखि उक्त सहुलियत हटाएको महासंघको दाबी छ। यसले व्यवसायीहरू आर्थिक रूपमा मारमा परेको उनीहरूको भनाइ छ।

महासंघले एकातिर प्रदेश सरकारले कर असुल्ने र अर्कोतिर संघीय सरकारले सहुलियत हटाउने काम गरेको भन्दै यस्तो अवस्थामा बिना राहत सेवा दिन सम्भव नभएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय