२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। यही प्रणालीका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

बिहीबार बिहान काठमाडौं उपत्यकासहित केही जिल्लामा वर्षा भएको थियो। मौसमविद्का अनुसार आज दिनभर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा बदली रहने सम्भावना छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै मधेश प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्।

यता तराई क्षेत्रमा भने गर्मीको प्रभाव कायम रहने देखिएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा तातोलहरको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि अत्यधिक गर्मी अर्थात् ‘तातो दिन’को अवस्था रहने अनुमान गरिएको छ।

मौसमविद्ले चट्याङ र वर्षाका कारण सतर्क रहन आग्रह गरेका छन्। तातोलहरको सम्भावना भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन पनि सुझाव दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय