२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

टप एन्ड टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा शुक्रबार भएको खेलमा स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले ३४ रनसहित सर्वाधिक योगदान दिए। कप्तान रोहित पौडेलले २३ रन, गुल्सन झाले २६ रन र दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे। ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए भने आसिफ शेखले ११ रन मात्र बनाउन सके। लोकेश बम शून्यमा पभेलियन फर्किए। अन्त्यतिर रुपेश सिंह ८ रन र सन्दीप लामिछाने २ रनमा अविजित रहे। स्ट्राइकका बलर म्याट हामोन्डले सर्वाधिक ३ विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नर्दन टेरिटोरी स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन जोडेको थियो। टोलीका कप्तान डार्सी शर्टले उत्कृष्ट ५१ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदै बलिङमा चम्किए।

सिरिजको यो पहिलो खेलमै पराजित भएपछि नेपालले आगामी खेलहरूमा प्रदर्शन सुधार गर्नुपर्ने दबाब बढेको छ। टप एन्ड टी–२० सिरिजलाई नेपालले आगामी आईसीसी प्रतियोगिताका तयारीका रूपमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय