२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

टप एन्ड टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा शुक्रबार भएको खेलमा स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले ३४ रनसहित सर्वाधिक योगदान दिए। कप्तान रोहित पौडेलले २३ रन, गुल्सन झाले २६ रन र दीपेन्द्रसिंह ऐरीले १९ रन जोडे। ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए भने आसिफ शेखले ११ रन मात्र बनाउन सके। लोकेश बम शून्यमा पभेलियन फर्किए। अन्त्यतिर रुपेश सिंह ८ रन र सन्दीप लामिछाने २ रनमा अविजित रहे। स्ट्राइकका बलर म्याट हामोन्डले सर्वाधिक ३ विकेट लिएका थिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नर्दन टेरिटोरी स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन जोडेको थियो। टोलीका कप्तान डार्सी शर्टले उत्कृष्ट ५१ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदै बलिङमा चम्किए।

सिरिजको यो पहिलो खेलमै पराजित भएपछि नेपालले आगामी खेलहरूमा प्रदर्शन सुधार गर्नुपर्ने दबाब बढेको छ। टप एन्ड टी–२० सिरिजलाई नेपालले आगामी आईसीसी प्रतियोगिताका तयारीका रूपमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय