२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदी मृत फेला परेका छन्।

त्रियुगा नगरपालिका–८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीर बहादुर दनुवार मंगलबार बिहान आफ्नै घर नजिक झुण्डिएको अवस्थामा भेटिएका हुन्। दनुवार कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका थिए।

सुनसरी जिल्ला अदालतले २०७७ साल फागुन १३ गतेको फैसलामार्फत उनलाई जन्मकैद (२० वर्ष) सजाय तोकेको थियो। प्रहरीका अनुसार मंगलबार बिहान घरदेखि करिब १०० मिटर टाढा सिसौको रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो।

प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइसकेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय