२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदी मृत फेला परेका छन्।

त्रियुगा नगरपालिका–८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीर बहादुर दनुवार मंगलबार बिहान आफ्नै घर नजिक झुण्डिएको अवस्थामा भेटिएका हुन्। दनुवार कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका थिए।

सुनसरी जिल्ला अदालतले २०७७ साल फागुन १३ गतेको फैसलामार्फत उनलाई जन्मकैद (२० वर्ष) सजाय तोकेको थियो। प्रहरीका अनुसार मंगलबार बिहान घरदेखि करिब १०० मिटर टाढा सिसौको रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो।

प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइसकेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय