२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्यालेस्टिनी अतिवादी समूह  हमासले विपिन जोशीको शव इसराइललाई हस्तान्तरण गरेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इसराइललाई हस्तान्तरण गरेको हो।

इसराइली सेना (आइडिएफ)ले सोमबार साँझ रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको इसराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ।

उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको भनेर पनि टाइम्स अफ इसराइलले समाचारमा लेखेको छ।बन्धकहरु छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो। सोमबार नै आइडिएफले आफूहरूसँग भिडिओ संवाद गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले सेतोपाटीसँग बताएका थिए।

फरेन्सिक जाँचका लागि शव तेल अविभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइएको पनि टाइम्स अफ इसराइलले जनाएको छ। त्यहाँ शव पहिचान प्रक्रिया सुरू भएको र त्यसका लागि दुई दिन लाग्न सक्ने अधिकारीहरूले जनाएका छन्।  चार जनाको शव हस्तान्तरण गरे पनि अजै २४ जना मृत बन्धकको शव हस्तान्तरण भएको छैन। ७२ घन्टाभित्र जीवित रहेकाहरू र मृतकको शव हमासले इसराइललाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।इसराइली रक्षामन्त्री इसराइल कात्जले सम्झौताअनुसार मृतक बन्धकरूको शव समयमै हस्तान्तरण नगरे कठोर जबाफ दिने चेतावनी दिएका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय