२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

मधेस प्रदेशका महोत्तरीसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा आज परम्परागत र धार्मिक उत्साहका साथ कुष्माण्ड नवमी पर्व मनाइँदैछ। यो पर्वलाई अक्षय नवमी, इच्छा नवमीधातृ नवमी नामले पनि चिनिन्छ।

कात्तिक शुक्ल नवमीका दिन मनाइने यस पर्वमा अमला (धातृ)को रूखमुनी सामूहिक रूपमा भोजन गर्ने प्रथा शताब्दीयौँदेखि चलिआएको छ। परिवार र समुदायका सदस्यहरू बगैँचा वा घर नजिकै रहेको अमलाको रूखमुनी परिकार पकाएर त्यहीँ सामूहिक रूपमा भोजन गर्छन्। अमलाका पात वा फल खानु शुभ र दीर्घायुका लागि लाभदायक मानिन्छ।

यस दिन अमलाबाट बनेका अचार, मुरब्बा, चटनीजस्ता परिकारसँग साकाहारी भोजन मात्र खाने परम्परा छ। मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ डा. रवीन्द्र दास वैष्णवका अनुसार यो पर्वले चिसो मौसममा शरीरलाई रोगप्रतिरोधी बनाउन अमलाको सेवनमा जोड दिने सन्देश दिन्छ।

संस्कृतिविद् ध्रुव रायका अनुसार कुष्माण्ड नवमीले मिथिलाको सामाजिक र सांस्कृतिक एकताको प्रतीकका रूपमा काम गरेको छ। स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झालका भनाइमा अमलाको नियमित प्रयोगले शरीरलाई विटामिन ‘सी’ प्रदान गरी रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

धार्मिक दृष्टिले पनि यस पर्वसँग द्वापर युगको कथा जोडिएको छ। विश्वास गरिन्छ, भगवान् श्रीकृष्णले यसै दिन कुष्माण्ड नामक दैत्यको वध गरी वृन्दावन र मथुराको परिक्रमा गर्नुभएको थियो।

हिन्दू मैथिल विश्वासअनुसार कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाको रूखमा वास गर्नुहुन्छ, त्यसैले यो दिनलाई अक्षय नवमी भनिन्छ। विष्णुको आराधना र अमलाको सेवनले इच्छित फल प्राप्त हुने विश्वासले यो पर्वलाई मिथिलामा विशेष महत्त्वका साथ मनाइन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय