२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

२६ पुष २०८२, शुक्रवार

पूर्वमन्त्री, तथा नेपाली कांग्रेसका नेता होमनाथ दाहालको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्वसभापतिसमेत रहेका दाहालको शुक्रबार साँझ ८७ वर्षको उमेरमा निधन भएको हो ।

शुक्रबार साँझ मैतीदेवीस्थित निवासबाट उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा उनको निधन भएको परिवारजनले जनाएका छन् । उनी दम लगायतका रोगबाट लामो समयदेखि पीडित थिए । उनकी धर्मपत्नी सुधा दाहाल वीर अस्पतालमै उपचाररत छिन् ।

लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि लडेका दाहाल पत्रकार महासंघका पूर्व सभापतिसमेत हुन् । बीपी विचारका अभियान्ता दाहाल ओखलढुंगाबाट सांसद र मन्त्री पनि भएका थिए । दाहालका दुई छोरा डा सुधाम्शु दाहाल र हिमाम्सु छन् ।

पछिल्लो केही समययता भने दाहाल पार्टी राजनीतिमा सक्रिय थिएनन् । आज २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मैतीदेवीनजिक धोवीखोलापट्टीमा निवासमा दाहाललाई श्रद्धाञ्जली अर्पण गरेर ९:३० पछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाहसंस्कार गरिने बताइएको छ ।

वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहाल दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित थिए ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय