२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायु, अरब सागरको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को संयुक्त प्रभाव देशभर देखिएको छ।

महाशाखाले जनाएको अनुसार आज बिहान देशभर सामान्यतया बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपात भइरहेको छ भने अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको घटना देखिएको छ।

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा आकाश पूर्ण रूपमा बादल हुने र मध्यम वर्षा हुने सम्भावना छ। तराईका अधिकांश भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ। साथै देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।

राति पनि अधिकांश प्रदेशमा बदली रहने र वर्षा जारी रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।

महाशाखाले यात्रुहरूलाई सावधानी अपनाउन र हिमाली क्षेत्रमा पर्ने हिमपातका कारण आवागमनमा कठिनाइ हुन सक्ने भएकाले आवश्यक तयारी गर्न आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय