२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी अगुवाबीच भएको त्रिपक्षीय बैठक साढे चार घण्टापछि सकिएको छ। बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सुशासन र भ्रष्टाचारविरुद्धको कारबाहीका विषयमा मुख्य छलफल भएको थियो।

बैठकपछि सहभागी जेनजी अगुवाहरूले भने, “निर्वाचन समयमै हुन्छ, तर त्यसअघि आन्दोलन संस्थागत हुन्छ। भ्रष्टहरूलाई कारबाही हुन्छ, सुशासनको प्रत्याभूति हुन्छ।” उनीहरूका अनुसार संविधान खारेजको आशा राख्ने केही व्यक्ति र दलहरूको भ्रान्ति पनि यस बैठकले अन्त्य गरेको छ।

प्रधानमन्त्री कार्कीले बैठकमा भनिन्, “मुलुक हाम्रो हो, हामीले नै बनाउने हो। हामीले नबनाए कसैले बनाइदिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार संवाद हुनुपर्छ। सरकार खुला छ।”

जेनजी प्रतिनिधिहरूले चुनाव आवश्यक भएको तर केवल निर्वाचनले मात्र परिवर्तन नआउने स्पष्ट पारे। उनीहरूले भने, “चुनाव चाहिएको छ, तर भ्रष्टाचारविरुद्धको ठोस कारबाही र सुशासन सुनिश्चित नगरी चुनाव मात्र गरेर नहुने भयो।”

बैठकमा सहभागी राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले भने, “देशले निकास पाउनुपर्छ, तर वर्तमान अवस्थामा त्यो सम्भव छैन। अधुरो क्रान्तिले देशलाई निकास दिँदैन। सबै विषयको समाधान खोजेपछि मात्रै निर्वाचन हुनुपर्छ।”

राप्रपाले मुलुकले अर्को विद्रोह भोग्न नपरोस् भन्दै सरकार र जेनजीलाई संयमित कदम चाल्न आग्रह गरेको छ।

बैठकमा जेनजी तर्फबाट १३ जना प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले सरकारसँग निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय