२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

लगातारको वर्षा र हिमपातका कारण देशका हिमाली क्षेत्रहरूमा फँसेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको उद्धार गरिएको छ। पदयात्राको मुख्य सिजनमै परेको असामान्य हिमपातले मनाङ, मुस्ताङ, म्याग्दी र गोरखा जिल्लाका उच्च भेगमा सयौं यात्रु अलपत्र परेका थिए।

मनाङबाट मात्रै करिब १,५०० आन्तरिक तथा विदेशी पर्यटक सुरक्षित उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए। उनका अनुसार तिलिचो, पिसाङ, उपल्लो मनाङलगायत क्षेत्रका सबै पर्यटकलाई बुधबारसम्म उद्धार गरी चामे र बेँसीसहर पठाइएको छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासले सहयोग गरेको हो।

म्याग्दीको धवलागिरि सर्किट हुँदै मुस्ताङ जाँदै गरेका पर्यटकहरू पनि हिमपातका कारण बाटो बन्द भएपछि फसेका थिए। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले त्यहाँ पनि उद्धार कार्य सुरु गरेको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार हिँड्न भ्यालीमा फसेका १५ जना (३ जना विदेशी र १२ जना नेपाली) मध्ये अधिकांशलाई सकुशल उद्धार गरिएको छ।

यसैबीच, सशस्त्र प्रहरी बल मुस्ताङले हिमपात प्रभावित क्षेत्रका करिब २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। धेरैजसोमा रिँगटा, वाकवाकी र सास फेर्न गाह्रो हुने समस्या देखिएको र प्राथमिक उपचार गरिएको सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

तर उत्तरी गोरखामा भने स्थिति अझै जटिल बनेको छ। चीनको सिमानासँग नजिक पाङबारी हिमाल आरोहणमा गएका तीन जना इटालेली र तीन जना नेपाली पर्वतारोहीसँग सोमबारदेखि सम्पर्क हुन नसकेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। खराब मौसमका कारण उद्धारका लागि तयार हेलिकोप्टर उडान गर्न नसकेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए।

मनसुनपछि मौसम सामान्य हुँदै जाँदै गर्दा आएको यो अप्रत्याशित हिमपातले हिमाली भेगमा पदयात्रा र पर्वतारोहण दुवै प्रभावित पारेको छ। प्रशासनका अनुसार अझै केही स्थानमा उद्धार कार्य जारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय