२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै उनले मधेश आन्दोलनका शहीदहरूलाई “मधेश रत्न” सम्मान प्रदान गर्ने निर्णय गरेका छन्, जसलाई उनको सरकारको पहिलो निर्णयका रूपमा लिइएको छ।

मुख्यमन्त्री यादवले पदभार ग्रहणपछि भने, “देशमा संघीयता स्थापना र पहिचानको राजनीतिक यात्रामा मधेशका शहीदहरूको योगदान अविस्मरणीय छ। तिनै शहीदहरूलाई ससम्मान ‘मधेश रत्न’ बाट सम्मान गरिनेछ।”

उनले मर्मत भइरहेको मुख्यमन्त्री कार्यालय प्रयोगमा आउँदासम्म अस्थायी रूपमा मधेश भवनभित्रैबाट काम अघि बढाउने बताए।

यसअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई शपथ गराएकी थिइन्। तर जनजी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालय क्षतिग्रस्त भएकाले अस्थायी कार्यालयबाट पदभार ग्रहण गरिएको हो।

पदभार ग्रहणकै दिन बाहिर भने विरोध प्रदर्शन समेत भएको थियो। जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, कांग्रेस, लोसपा, नेकपा एस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले मधेश भवन अगाडि नाराबाजी गर्दै टायर बालेर विरोध जनाएका थिए। सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केही समय तनाब पनि उत्पन्न भएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय