२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

नेपालमा जारी राजनीतिक संक्रमण र अस्थिरताले लगानीको वातावरण कमजोर बन्दै गएको विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकको ताजा प्रतिवेदन ‘नेपाल डेभलपमेन्ट अपडेट : रिफर्म्स टु एक्सेलेरेट पब्लिक इन्भेस्टमेन्ट’ अनुसार आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर उल्लेखनीय रूपमा घट्ने अनुमान गरिएको छ।

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशत रहेको वृद्धिदर २०२६ मा घटेर २.१ प्रतिशतमा पुग्नेछ। तर पुनर्निर्माणका काममा तीव्रता आए आर्थिक वर्ष २०२७ मा वृद्धि दर पुनः ४.७ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

विश्व बैंकले विशेषगरी सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने उल्लेख गरेको छ। राजनीतिक परिवर्तनको सफलता र दीगो आर्थिक नीति अपनाउन सके लगानीकर्ताको विश्वास फिर्ता हुन सक्ने तर निरन्तर अनिश्चितताले लगानी निरुत्साहित हुन सक्ने चेतावनी पनि दिएको छ।

अर्थमन्त्री रामेश्वर खनालले सरकारले लगानी बढाउनका लागि एकीकृत व्यवसायिक पुनरुत्थान योजना लागू गरेको बताए। उनका अनुसार सो योजनामा कर छुट, अनुदान र सञ्चालन सहयोगका उपायहरू समावेश छन्। साथै, पूर्वाधार पुनर्निर्माण र आगामी चुनाव तयारीका लागि सार्वजनिक स्रोतलाई प्राथमिकता दिइएको छ।

विश्व बैंकले नेपालमा दीगो आर्थिक वृद्धि सुनिश्चित गर्न सार्वजनिक लगानी व्यवस्थापन सुदृढ गर्नुपर्नेमा जोड दिएको छ। प्रतिवेदनअनुसार संघ, प्रदेश र स्थानीय सरकारहरूको संयुक्त पूँजीगत खर्च कुल जीडीपीको ७.९ प्रतिशतमा सीमित छ, जुन पूर्वाधार आवश्यकताका लागि अपर्याप्त रहेको उल्लेख गरिएको छ।

नेपालका लागि विश्व बैंक डिभिजन निर्देशक डेभिड सिस्लेनले सार्वजनिक लगानी वृद्धि नै आर्थिक पुनरुत्थानको आधार भएको बताए। उनका अनुसार बजेट प्रणाली सुदृढीकरण, परियोजना निर्माण छिटो पार्ने, रकम व्यवस्थापन सुधार गर्ने र सार्वजनिक खरिद ऐन संशोधनजस्ता सुधार कार्य तत्काल कार्यान्वयनमा ल्याउन आवश्यक छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय