२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

श्रम संस्कृति पार्टीका सभापति तथा धरानका मेयर हर्कराज साम्पाङले फेरि एक पटक पुरानै राजनीतिक ढर्राप्रति असन्तुष्टि प्रकट गर्दै देशलाई नयाँ दिशा दिन अरू विकल्प नभएको स्पष्ट बताएका छन्। काठमाडौँको सिफलमा सोमबार आयोजित कार्यक्रममा उनले नेतृत्व परिवर्तन नभएसम्म मुलुकले वास्तविक प्रगति गर्न नसक्ने दाबी गरे।

कार्यक्रममा बोल्दै साम्पाङले देश ‘दुर्दशा’ का मूल कारणहरू सिधै राजनीतिक नेतृत्वमै निहित रहेको आरोप लगाए। उनका अनुसार स्पष्ट भिजनबिना पटक–पटक सत्तामा पुगेका नेताहरूले राष्ट्रिय हितभन्दा निजी लाभ र घर–परिवारलाई प्राथमिकता दिए, जसले मुलुकलाई दीर्घकालीन रूपमा पछाडि धकेल्यो।

उनी भन्छन्, “देश बनाउनभन्दा आफ्नै घर बनाउने सोचले नै गलत सन्धि–सम्झौताहरू जन्मायो।” साम्पाङले युवाशक्ति नै देशको ऊर्जा भएको उल्लेख गर्दै श्रम संस्कृति पार्टीले युवालाई देशमै राखेर विकास निर्माणमा लगाउने नीति लिएको बताए।

उनले पार्टीले एकल बहुमत पाए पाँच वर्षभित्र देशको रुपान्तरण गर्न नसके आफू नागरिकता त्यागेर शरणार्थी बन्न तयार हुने घोषणा गरे। उनका अनुसार नेतृत्वमा बस्ने व्यक्तिले परिणाम देखाउन नसके त्यसको नैतिक मूल्य पनि बुझ्नुपर्छ।

साथै, साम्पाङले पार्टीभित्र अनुचित लाभका लागि प्रवेश गर्नेहरूलाई चेतावनी दिँदै भ्रष्टाचार गर्ने मनसाय लिएर कोही आएको पाइए तत्काल पार्टीबाट बाहिर निकालिने बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय