२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी निर्वाचनपछि देशको शासन किसान, गोठाला र खेतालाको हातमा पुग्ने दाबी गरेका छन्।

शनिबार खोटाङको दिक्तेल बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै, त्यसको प्रतिफलस्वरूप सरकारको नेतृत्व आफूहरूले गर्ने विश्वास व्यक्त गरे।

धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका साम्पाङले स्पष्ट सोच, श्रम र व्यवहारिक योजनाबिना देशको विकास सम्भव नहुने बताए। आफूहरू नाराभन्दा काम र खाकासहित राजनीतिमा उत्रिएको उनको भनाइ थियो।

उनले पुराना राजनीतिक दलहरूले एउटै समस्या समाधान गर्ने आश्वासन दिएर पटक–पटक भोट मागे पनि जनताका समस्या ज्यूँका त्यूँ रहेको टिप्पणी गरे। एउटै योजनामा बारम्बार बजेट हाल्दा पनि काम नहुने अवस्था देखिएको भन्दै अब सक्षम र जिम्मेवार नेतृत्व रोज्नुपर्ने उनले जोड दिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई परिवर्तनको अवसरको रूपमा चित्रण गर्दै साम्पाङले श्रम गर्ने वर्गलाई अघि बढाउने राजनीतिक शक्तिमा एकजुट हुन नागरिकलाई आह्वान गरे।

उनका अनुसार अब देशलाई अगाडि बढाउने जिम्मा कुरा गर्ने होइन, काम गर्ने हातहरूलाई दिनुपर्ने समय आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय