२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन |

नेकपा एमालेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीभित्र हुने आन्तरिक चुनावमा सहभागी नहुने स्पष्ट घोषणा गरेका छन्। आइतबार काठमाडौँको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनीहरूले आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

बैठकमा अष्टलक्ष्मी शाक्यले अब आफू चुनावी प्रतिस्पर्धामा नजाने बताउँदै पार्टीको हितलाई प्राथमिकतामा राखेर भूमिका निर्वाह गर्ने धारणा राखिन्। पार्टी व्यक्ति केन्द्रित होइन, विचार र संगठन केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले पार्टीलाई बलियो बनाउने जुनसुकै काममा आफू निरन्तर लागिरहने बताइन्।

त्यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले पनि चुनाव नलड्ने निर्णय सुनाउँदै पार्टीबाट अलग नहुने स्पष्ट पारे। उनले नेतृत्वको दौडमा नउत्रिए पनि संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहने प्रतिबद्धता जनाए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय