२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

छेउको पाँचतले घरको छतबाट धुवाइराखेको छ। बेलाबेला आगाको लप्का पनि देखिन्छ। भित्री सडकमा दमकल पनि आइपुगेको छ।

मानिसहरू खासखुस गरिरहेका छन्– यस्तो पनि आगालागी हुन्छ? यहाँ के आगो ताप्नका लागि बालेको थियो, दमकलै बोलाइ भ्याइसकेछ! अब हेर्नुस् त, पेट्रोल खर्च भएन त! यो दमकलको? यसको पैसा कसले तिर्छ!

यस्तै कुराहरू सुनिने भिडिओ अहिले सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ।

सामाजिक सञ्जालमा कतिपयले आगो ताप्न छतमा आगो बाल्दा छिमेकीले आत्तिएर दमकल बोलाइदिएको टिप्पणी गरेका छन्। कतिपयले सेकुवा पोल्दापोल्दै दमकल बोलाएको बताएका छन्।

आगोलागी भएको भनिएको ठाउँमा पुग्दा छतमा कसैले आगो बालेको देखेको उनले बताए। त्यसपछि दमकल फर्किएर आएको र आगो निभाउन पानीको प्रयोग नभएको उनले बताए।

‘त्यहाँ आगो ताप्न बालेका हौं भनेको त सुनियो। तर काठमाडौं उपत्यकामा आगो बाल्नुपर्ने गरी जाडो कहाँ छ र! जाडोमा भए एउटा कुरा,’ उनले भने, ‘मेरो विचारमा कसैले सेकुवा पोल्न आगो बाल्यो होला। छिमेकीले आगो लागेको ठानेर हतारहतार दमकल बोलाए!’

उनले सेकुवा पोल्दापोल्दै आगो उम्किएर आगोलागि हुनसक्नेतर्फ सचेत रहनु ललितपुर महानगरपालिकाको कर्तव्य भएको बताए।

‘छतमा आगो लाग्नु नपर्ने हो भन्ने त हामीले सोचेको हो। तर कसरी लाग्यो भनेर प्रश्न गरेर बस्ने कुरा त आएन नि! त्यसैले हामी मुभ भइहाल्यौं। त्यहाँ पुगेपछि सेकुवा पोलेर रमाइलो गरेको हो, आगो लागेको होइन भनेपछि हामी फर्किएका हौं,’ उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय