२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

छेउको पाँचतले घरको छतबाट धुवाइराखेको छ। बेलाबेला आगाको लप्का पनि देखिन्छ। भित्री सडकमा दमकल पनि आइपुगेको छ।

मानिसहरू खासखुस गरिरहेका छन्– यस्तो पनि आगालागी हुन्छ? यहाँ के आगो ताप्नका लागि बालेको थियो, दमकलै बोलाइ भ्याइसकेछ! अब हेर्नुस् त, पेट्रोल खर्च भएन त! यो दमकलको? यसको पैसा कसले तिर्छ!

यस्तै कुराहरू सुनिने भिडिओ अहिले सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ।

सामाजिक सञ्जालमा कतिपयले आगो ताप्न छतमा आगो बाल्दा छिमेकीले आत्तिएर दमकल बोलाइदिएको टिप्पणी गरेका छन्। कतिपयले सेकुवा पोल्दापोल्दै दमकल बोलाएको बताएका छन्।

घटनाको वास्तविकता बुझ्न हामीले ललितपुरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुलाई सोध्यौं।

उनले घटना शुक्रबार बेलुकीको भएको बताए। त्यस्तै साँढे सात–आठ बजेतिर ललितपुरको इमाडोल क्षेत्रमा आगो लागेको भन्दै खबर आए‍को उनको भनाइ छ। उक्त ठाउँ महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको सिमाना हो।

आगोलागी भएको भनिएको ठाउँमा पुग्दा छतमा कसैले आगो बालेको देखेको उनले बताए। त्यसपछि दमकल फर्किएर आएको र आगो निभाउन पानीको प्रयोग नभएको उनले बताए।

‘त्यहाँ आगो ताप्न बालेका हौं भनेको त सुनियो। तर काठमाडौं उपत्यकामा आगो बाल्नुपर्ने गरी जाडो कहाँ छ र! जाडोमा भए एउटा कुरा,’ उनले भने, ‘मेरो विचारमा कसैले सेकुवा पोल्न आगो बाल्यो होला। छिमेकीले आगो लागेको ठानेर हतारहतार दमकल बोलाए!’

उनले सेकुवा पोल्दापोल्दै आगो उम्किएर आगोलागि हुनसक्नेतर्फ सचेत रहनु ललितपुर महानगरपालिकाको कर्तव्य भएको बताए।

‘छतमा आगो लाग्नु नपर्ने हो भन्ने त हामीले सोचेको हो। तर कसरी लाग्यो भनेर प्रश्न गरेर बस्ने कुरा त आएन नि! त्यसैले हामी मुभ भइहाल्यौं। त्यहाँ पुगेपछि सेकुवा पोलेर रमाइलो गरेको हो, आगो लागेको होइन भनेपछि हामी फर्किएका हौं,’ उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय