२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

३० पुष २०८२, बुधवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

सभापति देउवाले राजीनामा दिएर पार्टीको सक्रिय भूमिकाबाट अलग हुन अस्वीकार गरेपछि बुधबार बिहानबाट सुरू वार्ता बिनानिष्कर्ष टुंगिएको हो।

छलफल करिब एक घन्टा चलेको थियो। कुनै सहमतिमा नपुगेपछि दुवै महामन्त्री देउवा निवास महाराजगन्जबाट निस्केर विशेष महाधिवेशन स्थलतर्फ लागिसकेका छन्। संस्थापन पक्षका नेताहरू पनि पार्टीको केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपामा जुट्दै छन्। विशेष महाधिवेशन पक्षसँग  वार्ता गरी सहमतिको बाटो खोज्न केन्द्रीय समिति बैठक सारिँदै आएको थियो।

मंगलबार बिहान ११ बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक सुरूमा १ बजेलाई सारियो। तैपनि बैठक सुरू भएन। राति एकछिन बैठक बसेर बुधबार फेरि बस्ने गरी स्थगन गरियो। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा पनि मनोनयन कार्यक्रमको समय थप गरी बिहान सवा ८ देखि सवा ९ बजेसम्म कायम गरिएको छ।

मंगलबार संस्थापन र शेखर कोइराला पक्षले विशेष महाधिवेशन पक्षसँग मंगलबार दिनभरजसो वार्ता गरेको थियो।वार्ता चरणबद्ध बसे पनि बिनानिर्णय टुंगिएको थियो।

सभापति शेरबहादुर देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षको ‘बटमलाइन’ मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन भएको थियो।वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षले देउवाको राजीनामा र सहमतिमा नयाँ नेतृत्व चयनको माग गरेका थिए।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय