२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दी क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका शिक्षामन्त्री पदबाट राजीनामा दिएका डा. महावीर पुनले आफू रिसाएर नभई ठेस लागेर चुनाव लड्ने निर्णय गरेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “मलाई ठेस लागेको हो। गर्न खोजेको कुरा त्यहाँ गर्न सकिन, ठेस लाग्यो। अनि त्यो ठेस लागेर मात्रै म चुनाव लड्ने निर्णय गरेको हो।” प्रधानमन्त्रीले आफू रिसाएर गएको भन्नुभएको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो, “रिसको कुरा होइन, ठेस लागेको हो। त्यो ठेस लागेकोलाई रिसाएको भन्न मिल्दैन।”

डा. पुनले आफूले ल्याउन खोजेको कानुन समयमै पास भएको भए चुनाव नलड्ने स्पष्ट पार्नुभयो। “यदि त्यो कानुन तोकिएको मितिभित्र पास भएको भए म चुनाव लड्ने मान्छे होइन। चुनाव लड्न जाने थिइनँ,” उहाँले भन्नुभयो। तर कानुन पास नभएपछि त्यसलाई अगाडि बढाउने अर्को उपाय नदेखिएको भन्दै अन्तिम समयसम्म कोसिस गरेर चुनाव लड्ने निर्णय गरेको उहाँको भनाइ छ।

चुनाव लड्दा केहीलाई दुःख लागेको र केहीलाई रिस उठेको पनि उहाँले बताउनुभयो। “म कसैसँग प्रतिस्पर्धा गर्न, नेता बन्नका लागि चुनाव उठेको होइन,” उहाँले भन्नुभयो। आफूले पहिले चुनाव नलड्ने भने पनि अहिले उम्मेदवारी दिएको विषयमा विभिन्न टिप्पणी भइरहेको उल्लेख गर्दै उहाँले त्यसले आफूलाई फरक नपर्ने बताउनुभयो।

“चार महिना मन्त्री भएकोले राजनीतिको चस्का बसेछ भन्ने पनि सुनिएको छ,” उहाँले भन्नुभयो, “तर त्यो राजनीतिको चस्का होइन।” कसैले आफूलाई बेवकुफसम्म भने पनि त्यसले फरक नपर्ने उहाँले स्पष्ट पार्नुभयो। पत्रकारहरूले पनि कुरा मोडेर लेख्न सक्ने भन्दै सत्य कुरा आफू चुनाव लड्ने मान्छे नभए पनि परिस्थितिले त्यतातिर डोर्‍याएको बताउनुभयो।

उहाँले पुनः दोहोर्‍याउँदै भन्नुभयो, “त्यो अध्यादेश ल्याउन सकेको भए म चुनाव लड्ने थिइनँ।” भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै आफूले कसैलाई धोका नदिएको दाबी गर्नुभयो। “सरकारलाई धोका दियो भन्ने कुरा गलत हो। मैले कसैलाई धोका दिएको होइन, आफैँ धोका खाएर आएको हो,” उहाँले भन्नुभयो।

डा. पुन त्रिभुज चिह्न लिएर स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको हो। उहाँले कुनै पनि दलको प्रतिनिधित्व नगरी जनताको प्रत्यक्ष समर्थनमा उम्मेदवारी दिएको बताउनुभयो। दलगत राजनीतिभन्दा माथि उठेर देशका लागि काम गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएको उहाँको भनाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय