
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
सोमबार विशेष अदालत, काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पौडेलको हिरासत अवधि थप तीन दिन बढाउने आदेश दिएको हो।
यसअघि अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराएपछि अदालतले थप तीन दिनको अनुमति दिएको हो।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थप गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभागले अनुसन्धान अघि बढाइरहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
